Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

वैदेशिक रोजगारीमा क्रममा मलेसियामा ज्यान गुमाएका १८ नेपालीको सव ल्याइयो

वैदेशिक रोजगारीमा क्रममा मलेसियामा ज्यान गुमाएका १८ नेपालीको सव ल्याइयो

  • शनिवार, माघ १० २०७७

  • 986
    SHARES

  • वैदेशिक रोजगारीमा क्रममा मलेसियामा ज्यान गुमाएका १८ नेपालीको सव ल्याइयो

    काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगी मृत्यु भएका १८ नेपालीको शव आज (शनिबार) नेपाल ल्याइएको छ । विभिन्न मितिमा मृत्यु भएका उनीहरुको शव नेपाल एयरलाइन्सको जहाजबाट शनिबार काठमाडौं ल्याइएको हो ।

    एयरलाइन्सले सामाजिक उत्तरदायित्व अनुसार सो शव ल्याउने निर्णय गरेको थियो भने त्यसका लागि शुक्रबार एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको थियो ।

    यसअघि मलेसियास्थित दूतावासले मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन निगमलाई आग्रह गर्दै गरेको थियो । सोहीअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सहकार्य गरेर निगमले शव ल्याएको हो ।

    निगमको जहाजमा ल्याइएको शव आजै आफन्तलाई जिम्मा लगाइएको छ । शव लिनका लागि विमानस्थल पुगेका मृतकका आफन्तहरु निराश र भावविह्वल भएका थिए ।


    शनिवार, माघ १० २०७७०३:२०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij