Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

कोरोना खोपको व्यवस्थापनका लागि सरकारले तोक्यो सातवटै प्रदेशमा संयोजक

कोरोना खोपको व्यवस्थापनका लागि सरकारले तोक्यो सातवटै प्रदेशमा संयोजक

  • शनिवार, माघ १० २०७७

  • 899
    SHARES

  • कोरोना खोपको व्यवस्थापनका लागि सरकारले तोक्यो सातवटै प्रदेशमा संयोजक

    काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड खोप अभियान सञ्चालनलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापनका लागि महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी दिएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार खोप व्यवस्थापनका लागि प्रदेश १ को जिम्मेवारी डा तारानाथ पोखरेललाई दिइएको छ भने डा मदनकुमार उपाध्यायलाई प्रदेश २ को जिम्मेवारी दिइएको छ ।

    त्यस्तै बागमती प्रदेशको डा. गुणराज लोहनी, गण्डकी प्रदेशमा डा. जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा डा. विकास देवकोटा, कर्णाली प्रदेशमा डा. अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा. कृष्ण पौडेललाई संयोजक तोकिएको छ ।

    उनीहरुलाई सम्बन्धित प्रदेशमा खोप अभियानका लागि तयारी, खोप लगाउने व्यक्तिको नामावली, तयारीका क्रममा हुने समस्या समाधानका लागि सहजीकरण गर्नेलगायतको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

    भारत सरकारले नेपाललाई बिहीबार १० लाख डोज कोभिड खोप उपलब्ध गराएको छ । उक्त खोपलाई आवश्यक तयारी पुरा गरी सबै प्रदेशमा पठाउने तयारी मन्त्रालयले गरेको छ । १४ गते बुधबारदेखि सातै प्रदेशमा खोप अभियान सुरु गर्ने सरकारको तयारी छ ।


    शनिवार, माघ १० २०७७०१:१३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij