Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अरनिको राजमार्गमा भेटिएको बम डिस्पोज

अरनिको राजमार्गमा भेटिएको बम डिस्पोज

  • शनिवार, माघ १० २०७७

  • 1.1K
    SHARES

  • अरनिको राजमार्गमा भेटिएको बम डिस्पोज

    काठमाडौं । बनेपा–६ बुडोलस्थित अरनिको राजमार्ग छेउमा राखिएको प्रेसरकुकर बम डिस्पोज गरिएको छ ।

    धुलिखेलस्थित नेपाली सेनाको विष्णु दल गणको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार शंकास्पद वस्तु फेला परेपछि केहीबेर अवरुद्ध यातायात सुरु भएको छ ।

    यसैगरी बीपी राजमार्ग पर्ने रोशी–९ नार्केमा पनि सिलिन्डर विस्फोट गराइएको छ । टायर बालेर सिलिन्डर राखी पड्काइएको प्रहरीले जनाएको छ ।

    नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दको दिनमा सोही समूहको संलग्नता भएको प्रहरीको अनुमान छ । नेकपा सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला लगायतका नेता कार्यकर्ता पक्राउको विरोधमा बन्द गर्ने घोषणा गरेको थियो ।


    शनिवार, माघ १० २०७७०८:५८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij