Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

३५ दिनभित्र निवेदन बुझाउन भूमिसम्बन्धी समस्या समाधान आयोगको आग्रह

३५ दिनभित्र निवेदन बुझाउन भूमिसम्बन्धी समस्या समाधान आयोगको आग्रह

  • शुक्रवार, माघ ९ २०७७

  • 3.4K
    SHARES

  • ३५ दिनभित्र निवेदन बुझाउन भूमिसम्बन्धी समस्या समाधान आयोगको आग्रह

    काठमाडौं । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि ३५ दिनभित्र स्थानीय तहमा निवेदन बुझाउन भूमि सम्बन्धी समस्या समाधान आयोगले आग्रह गरेको छ ।

    आयोगले आज सार्वजनिक सूचना जारी गर्दै जग्गा पाउन तोकिएको ढाँचा बमोजिम निवेदन फारम भरी ३५ दिनभित्र स्थानीय तहमा बुझाउन भनेको हो । फारममा उल्लेखित विवरणलाई पुष्ट्याइँ गर्ने प्रमाण पनि पेस गर्न आयोगले भनेको छ ।

    जग्गा प्राप्तिको निवेदन घरदैलोमा खटिएका लगत संकलक वा सम्बन्धित वडा कार्यालयमा सीधै बुझाउन सकिने छ । आयोगले निवेदन बुझाउनका लागि सातवटै प्रदेशमा स्थानीय तहहरु तोकेको छ ।


    शुक्रवार, माघ ९ २०७७०३:४४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij