Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

लाइसेन्स आवेदनमा कोटा प्रणाली हट्यो

लाइसेन्स आवेदनमा कोटा प्रणाली हट्यो

  • शुक्रवार, माघ ९ २०७७

  • 1.3K
    SHARES

  • लाइसेन्स आवेदनमा कोटा प्रणाली हट्यो

    काठमाडौं । यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा कोटा प्रणाली हटाएको छ ।

    लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि विभागले दैनिक जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गरेको हो ।

    विभागका प्रवक्ता लोकनाथ भुसालले अनलाइन सिस्टममा सुधार गरी आजबाट अनलिमिटेड फारम भर्न सकिने व्यवस्था गरिएको बताउनुभएको छ ।
    यसअघि हरेक दिन लाइसेन्स वितरण गर्ने कार्यालयहरुले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था गरेका थिए । यस अनुसार दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन पाउँथे । अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाइट खोल्दा प्रणालीमै समस्या देखिएको थियो ।

    प्रणालीमा सुधार गरिएकाले अब सेवाग्राहीलाई त्यस्तो समस्या नहुने विभागले दाबी गरेको छ ।


    शुक्रवार, माघ ९ २०७७०८:३५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij