Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सर्लाहीमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १७ जना घाइते

सर्लाहीमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १७ जना घाइते

  • बिहिवार, माघ ८ २०७७

  • 896
    SHARES

  • सर्लाहीमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १७ जना घाइते

    काठमाडौं । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

    दाङबाट काँकडभिट्टातर्फ गइरहेको ना ५ ख ४४८८ नम्बरको यात्रुबस आफैँ अनियन्त्रित भएर रोडदेखि १० मिटर तल पल्टिँदा बसमा रहेका ३० जनामध्ये दुईको ज्यान गएको हो ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ मा रहेको सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ गइरहेको बस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

    आज बिहान करिब ५ बजे भएको दुर्घटनामा ज्यान गुमाउनेमा दाङ राप्ती गापा–५ का ३६ वर्षीया राजकुमारी चौधरी र दाङ राप्तीका २३ वर्षीया रीता चौधरी रहेको दुर्घटनास्थलमा खटिनुभएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।

    यात्रुबसमा रहेका बाँकी ११ जना सकुशल रहेको सर्लाही प्रहरीले जनाएको छ ।


    बिहिवार, माघ ८ २०७७०९:५३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij