Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सार्वजनिक सवारी सञ्चालन गर्न पहल र समन्वयका लागि कार्यदल गठन

सार्वजनिक सवारी सञ्चालन गर्न पहल र समन्वयका लागि कार्यदल गठन

  • आइतवार, आषाढ २८ २०७७

  • 1.2K
    SHARES

  • सार्वजनिक सवारी सञ्चालन गर्न पहल र समन्वयका लागि कार्यदल गठन

    काठमाडौं । सार्वजनिक सवारी सञ्चालन गर्न पहल र समन्वयका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बन्ध मजदुर संगठनले कार्यदल गठन गरेका छन् । सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग राखेर सञ्चालन गरेका छैनन् ।

    महासंघ र तीनवटा मजदुर संगठनको शनिबार ललितपुरमा बसेको संयुक्त बैठकले सरकारसँग आवश्यक छलफल गरी समस्या समाधान गर्न भन्दै चार सदस्यीय कार्यदल गठन गरेको हो ।

    कार्यदलमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका कार्यवाहक अध्यक्ष दीपक केसी छन् ।

    बैठकपछि जारी विज्ञप्तिमा कार्यदलले लामो तथा छोटो दुरीमा चल्ने सम्पूर्ण सवारी साधन सुरक्षित रूपमा सञ्चालनका लागि आवश्यक पहलकदमी गर्ने उल्लेख छ । सरकार प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय सार्वजनिक गर्नुभएको थियो ।


    आइतवार, आषाढ २८ २०७७०१:४६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij