Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

नर्सिङ क्षेत्रमा इजरायल कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा

नर्सिङ क्षेत्रमा इजरायल कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा

  • बिहिवार, माघ ८ २०७७

  • 1.0K
    SHARES

  • नर्सिङ क्षेत्रमा इजरायल कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा

    काठमाडौं । नर्सिङ क्षेत्रमा इजरायल कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी टीकामणि नेउपानेले यही साताभित्र निर्णय हुने बताउनु भएको छ ।

    असोजमा भएको श्रम सम्झौताअनुसार कार्यविधि तयार गरी ‘प्रोटोकल’मा हस्ताक्षर गर्ने तयारी भइरहेको उहाँले जनाउनु भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको सम्झौताअनुसार नै कामदार पठाउने भएकाले नेपाली श्रमिकहरु कम खर्चमा नै जान पाउने उहाँले बताउनुभयो ।

    गएको असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अञ्जना शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच इजरायलमा काम गर्ने नेपालीलाई इजरायली नागरिकसरहको सेवा–सुविधा दिनेगरी श्रम सम्झौता सम्पन्न भएको थियो ।

    नयाँ श्रम सम्झौताअनुसार इजरायल जानको लागि १० कक्षा पास गरेको हुनुपर्ने तथा अग्रेजी बोल्न जान्ने हुनुपर्ने जनाइएको छ ।

    यसका अलावा १५ महिने स्वास्थ्य सेवासम्बन्धी तालिम वा १२ कक्षा उत्तीर्ण भई तीनमहिने केयर गिभरसम्बन्धी तालिम लिएका निश्चित उमेर, तौल, उचाइ र स्वास्थ्य परीक्षण गरेर लैजाने केही समयअगाडि दूतावासले एक सूचना जारी गर्दै जनाएको छ ।


    बिहिवार, माघ ८ २०७७०६:४१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij