Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

गायक रत्न बानियाँको अन्त्येष्टि

गायक रत्न बानियाँको अन्त्येष्टि

  • बुधवार, माघ ७ २०७७

  • 1.2K
    SHARES

  • गायक रत्न बानियाँको अन्त्येष्टि

    काठमाडौं । लोक तथा दोहोरी गायक रत्न बानियाँको निधन भएको छ । गायक बानियाँको दुवै मृगौलाले काम गर्न छाडेपछि ओम हस्पिटलमा उपचारार्थ हुनुहुन्थ्यो । उहाँको आज विहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    गायक बानियाँको ‘लडाईँ​को लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्टुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट आयो पापी काल लगायतका दर्जनौं गीत अझैपनि चर्चामा छन् ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजीवन सदस्य समेत रहनुभएका उहाँले लामो समयदेखि झरना संगीत संचालन समेत गर्दै आउनुभएको थियो ।

    बानियाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दाहसंस्कार अघि बिहान पशुपति आर्यघाटमा स्वर्गीय बानियाँको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

    लोक गायन क्षेत्रमा वर्षौदेखि सक्रिय उनको निधनमा नेपाली लोक तथा दोहोरी गीत प्रतिष्ठान, विभिन्न कलाकारहरुले दुःख व्यक्त गर्दै श्रद्धान्जली दिइरहेका छन् ।


    बुधवार, माघ ७ २०७७०७:३४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij