काठमाडौं । सुनको मल्य आज (आइतबार) पनि घटेको छ ।
शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु १०० ले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको भाउ भने आज पनि अस्तिजस्तै तोलामा ९ सय ८० रुपैयाँ नै निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायीले बताएका छन् ।