Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हिराहतमा रहेका थुनावामा कोरोना संक्रमण, हिरासत कक्ष सिल

हिराहतमा रहेका थुनावामा कोरोना संक्रमण, हिरासत कक्ष सिल

  • आइतवार, आषाढ २८ २०७७

  • 726
    SHARES

  • हिराहतमा रहेका थुनावामा कोरोना संक्रमण, हिरासत कक्ष सिल

    सुर्खेतमा हिराहतमा रहेका एक जना थुनावामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा असार २६ गते कोरोना पुष्टि भएको हो ।

    थुनुवामा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल गरिएको छ । कोरोना पुष्टि भएका थुनुवा असार १४ गते हाडनाता करणीको अभियोगमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    उनलाई आइसोलेसनमा राखिएको छ । कोरोना संक्रमित पीडक, उनीबाट पीडित र पीडितका परिवारसहित सम्पर्कमा रहेको आफन्त तथा प्रहरीसहित २२ जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरी प्रयोशालामा पठाइएको प्रहरीले जनाएको छ ।

    संक्रमित पुरुषको आरडिटी गर्दा नेगेटिभ देखिएपछि हिरासतमा राखेका बेला जिल्ला अदालतको आदेशपछि उनीसहित ६ जनाको २० पिसिआर परीक्षणका लागि स्वाब पठाइएकोमा तीमध्ये अरू पाँच जनामा भने कोरोना नेगेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


    आइतवार, आषाढ २८ २०७७०१:३१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij