Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा भेटियो नयाँ प्रजातिको कोरोना भाइरस, ३ जनामा संक्रमण पुष्टि

नेपालमा भेटियो नयाँ प्रजातिको कोरोना भाइरस, ३ जनामा संक्रमण पुष्टि

  • सोमवार, माघ ५ २०७७

  • 997
    SHARES

  • नेपालमा भेटियो नयाँ प्रजातिको कोरोना भाइरस, ३ जनामा संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८ वर्षीय महिला ३२ वर्षीय पुरुषको हाल आरटीपीसीआर रिपोर्ट नेगेटिभ रहेपनि अर्का ६७ वर्षीय पुरुष भने अझै पनि पोजेटिभै रहेको जनाएको छ ।

    उनीहरुमा नयाँ प्रजातिको कोरोना आशंका भएपछि नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । संक्रमित उनीहरु सबै बेलायतबाट नेपाल आएका थिए । उक्त प्रजाति बेलायतमा देखिएकै नयाँ भेरियन्ट भएको पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले जबसम्म रोगको भ्याक्सिन नेपालमा उपलब्ध हुँदैन त्यतिन्जेलसम्म सावधानी अपनाउनुपर्नेमा जोड दिँदै भीडभाडमा नजाने, जानु परेपनि दुई मिटरको दुरी कायम राख्ने, बाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउनेलगायतका उपाय अपनाउन पनि आग्रह गरेको छ ।

    health.jpg


    सोमवार, माघ ५ २०७७०३:४३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij