Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिमा तीन दर्जन घर डुबानमा

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिमा तीन दर्जन घर डुबानमा

  • आइतवार, आषाढ २८ २०७७

  • 926
    SHARES

  • पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिमा तीन दर्जन घर डुबानमा

    चितवन । केहीदिन देखि लगातार परेको वर्षाका कारण पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिमा करिब तीन दर्जन घरहरु डुबानमा परेका छन् । पालिकाका वडा नं. १, २ र ४ मा खोल्सा र नालाहरुमा आएको बाढीले निकास नपाउँदा घरहरु डुबानमा परेका हुन् । कतिपय स्थानमा पूर्वपश्चिम राजमार्ग र धान–मकै बाली पनि डुबेका छन् ।

    वडा नं. १ का अध्यक्ष हरिप्रसाद सापकोटाले जनक कलेज अगाडितिरको राजमार्ग छेउँका पुराना घरहरु डुबानमा परेको जानकारी दिनुभयो । गंगानगर टोलका घरहरुमा पनि पानी पसेको छ । यसैगरी वडा नम्बर २ मा १५–२० घर डुबानमा परेको वडाअध्यक्ष ध्रुवराम पौडेलले बताउनुभयो । एक ठाउँको पानी निकास गर्दा अर्को ठाउँ डुबान पर्ने समस्या रहेको उहाँले बताउनुभयो ।

    यसैगरी गैंडाकोट नगरपालिकाको वडा नम्बर चारमा पनि १५–२० घर डुबानमा परेको स्थानीयले बताएका छन् । गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले पानीको निकासको व्यवस्था गरिएपछि अहिले डुबान कमै हुँदै गएको बताउनुभयो ।


    आइतवार, आषाढ २८ २०७७११:२०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij