Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

संखुवासभाको सिलिचोङमा पहिरो खस्दा ११ जना बेपत्ता

संखुवासभाको सिलिचोङमा पहिरो खस्दा ११ जना बेपत्ता

  • आइतवार, आषाढ २८ २०७७

  • 858
    SHARES

  • संखुवासभाको सिलिचोङमा पहिरो खस्दा ११ जना बेपत्ता

    प्रतिनिधिमुलक तस्वीर

    संखुवासभा । निरन्तरको भारी वर्षाका कारण संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय, संखुवासभाले सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाएको छ । त्यस क्षेत्रममा पहिरोले ८ वटा घर पुरेको खबर प्राप्त भएको संखुवासभाका डीएसपी नवराज मल्लले बताउनुभयो ।

    डीएसपी मल्लका अनुसार वर्षाका कारण सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।


    आइतवार, आषाढ २८ २०७७११:००:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij