Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकाका विद्यालय आजदेखि खुले

काठमाडौं उपत्यकाका विद्यालय आजदेखि खुले

  • आइतवार, माघ ४ २०७७

  • 1.2K
    SHARES

  • काठमाडौं उपत्यकाका विद्यालय आजदेखि खुले

    काठमाडौं । कोरोना महामारीका कारण १० महिनादेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालय आजदेखि खुलेका छन् । स्थानीय तहले विद्यालय खोल्न अनुमति दिएपछि उपत्यकाका सबैजसो विद्यालय खुलेका हुन् ।

    केही विद्यालयले असारबाटै अनलाइन कक्षा सुरु गरेका थिए भने केहीले असोजबाटै भौतिक रुपमै पठनपाठन सुरु गरिसकेका छन् ।

    संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षा मापदण्ड अपनाएरै पठनपाठन गर्ने विद्यालयहरुले जनाएका छन् । केही विद्यालयले २ सिफ्टमा वा आलोपालो पढाउने तयारी समेत गरेका छन् ।


    उपत्यका बाहिरका भने प्रायः सबै विद्यालय यसअघिनै नै सञ्चालनमा आइसकेका छन् । उपत्यकाका स्थानीय तहले शिक्षक र विद्यार्थीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएका छन् ।


    आइतवार, माघ ४ २०७७११:०८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij