Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

शीतलहर पीडित जनता भन्छन् – ‘अब भोट माग्न आए दुवै औठाले छाप’

शीतलहर पीडित जनता भन्छन् – ‘अब भोट माग्न आए दुवै औठाले छाप’

  • आइतवार, माघ ४ २०७७

  • 1.2K
    SHARES

  • शीतलहर पीडित जनता भन्छन् – ‘अब भोट माग्न आए दुवै औठाले छाप’

    काठमाडौं । सरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा पारेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानका लागि सबैभन्दा बढी आवश्यक भनियो तर तिनै विपन्न जनता भने सर्दीले थरथर काँप्दै छन्।

    तिनैमध्ये एक हुन्, लक्ष्मीनिया मण्डवानन्कारकट्टी गाउँपालिका–४ की सुकुमबासी ७० वर्षीया लक्ष्मीनिया। उनलाई देशको राजनीति गर्मागर्मीभन्दा पनि भ्वाङ परेकोे ओढ्ने कम्बलको चिन्ताले सताएको छ। पुस लागेसँगै बढेको चिसो र एक सातादेखि परेको शीतलहरले कठ्यांग्रिएर मरिन्छ कि भन्ने डरले उनलाई सताएको हो।

    ‘गुर्दी (फाटेको लुगा जोरजार पारेर बनाइएको ओढ्ने) आइढ क जार काटैत एल छेली तेसरा साल सरकार कमर देलक (गर्दी ओढेर जाडो काट्दै आएको हामीले तीन वर्षअघि कम्बल पाएका थियौं),’ उनले भनिन्, ‘अखनी ओही कमरमे भुरेभुर भक फाइट गेलै (अहिले त्यही कम्बल भ्वाङै भ्वाङ भएर फाटेको छ) ।’ जाडोका कारण कष्टकर जीवन बाँचिरहेको यहाँको विपन्न वर्गलाई मनकारीले तीन वर्षअघि कम्बल बाँडेका थिए। अहिले तिनै कम्बल ओढ्नै नमिल्ने गरी फाटेका छन्। कम्बल मात्र होइन, लक्ष्मीनियाको मन पनि फाटेको छ।

    उनी भन्छिन्, ‘अतके सरकारके अपना स उबारे नै होइछै त गरिबके कथी देतै, भोट लैला एतै त दुनु औठा बाइर देबै(यहाँको सरकारलाई हामी गरिबको कष्ट बुझ्ने फुर्सद कहाँ छ, अब भोट माग्न आए दुवै औठाले छाप लगाइदिउँला)।’ आजको नागरिक दैनिकमा समाचार छ ।


    आइतवार, माघ ४ २०७७०६:५३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij