Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

न्युन चापीय प्रणालीको सामान्य प्रभावले मौसममा बदली

न्युन चापीय प्रणालीको सामान्य प्रभावले मौसममा बदली

यस्तो छ तीन दिनको पूर्वानुमान
  • आइतवार, माघ ४ २०७७

  • 960
    SHARES

  • न्युन चापीय प्रणालीको सामान्य प्रभावले मौसममा बदली

    काठमाडौं । अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भइरहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराईका भू-भागमा बाक्लो हुस्सु कुहिरो लागेको छ । पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले मौसम बदली भइरहेको हो ।

    यस्तो छ तीन दिनको पूर्वानुमान

    माघ ४ गते (आइतबार)
    दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    माघ ५ गते (सोमबार)
    दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राती : देशका पहाडी भू-भागमा देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

    माघ ६ गते (मंगलबार)
    दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    राती : प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours-
    देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।


    आइतवार, माघ ४ २०७७०६:३७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij