Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

आज २३ औं भूकम्प सुरक्षा दिवस मनाइँदै

आज २३ औं भूकम्प सुरक्षा दिवस मनाइँदै

  • शुक्रवार, माघ २ २०७७

  • 1.2K
    SHARES

  • आज २३ औं भूकम्प सुरक्षा दिवस मनाइँदै

    काठमाडौं ।  ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित आज २३ औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।

    यो दिवस हरेक वर्ष माघ २ गते मनाइँदै आएको छ । भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २३ वर्षदेखि माघ २ गतेलाई ‘भूकम्प सुरक्षा दिवस’ का रूपमा मनाउने गरिएको हो ।

    यसवर्ष मध्यपुर नगरपालिका थिमिको बोडेमा रहेको कुमारी पार्कमा भूकम्प सुरक्षा दिवस मनाउन लागिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । दिउँसो हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने छ । भूकम्प सुरक्षा दिवस मुल आयोजक समितिका संयोजक गृहमन्त्री रामबहादुर थापा रहनुभएको छ ।

    यसैबीच, २३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरणलाई दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    प्रधानमन्त्रीले विपद् जोखिम न्यूनीकरणका लागि प्राथमिकता र लक्ष्यका आधारमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


    शुक्रवार, माघ २ २०७७०८:३४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij