Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बाक्लो कुहिरोले आन्तरिकतर्फका सबै उडान प्रभावित

बाक्लो कुहिरोले आन्तरिकतर्फका सबै उडान प्रभावित

  • शुक्रवार, माघ २ २०७७

  • 1.0K
    SHARES

  • बाक्लो  कुहिरोले आन्तरिकतर्फका सबै उडान प्रभावित

    काठमाडौं । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित भएको छ ।

    त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् ।

    बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । कुहिरो हटेपछि उडान खुलाइने छ ।

    मौसमविद्ले अहिले देशका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको बताएका छन् । अबको तीन दिनसम्मकै मौसम यस्तै रहने पूर्वानुमान गरिएको छ ।


    शुक्रवार, माघ २ २०७७०८:१४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij