Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

काठमाडौँ लगायत देशभर मनाइयो माघी पर्व

काठमाडौँ लगायत देशभर मनाइयो माघी पर्व

  • बिहिवार, माघ १ २०७७

  • 981
    SHARES

  • काठमाडौँ लगायत देशभर मनाइयो माघी पर्व

    काठमाठौं । थारु जातिको मुख्य पर्व माघि आज काठमाडौँ लगायत देशभर मनाइएको छ । हरेक वर्ष माघको पहिलो दिन थारु जातिले माघी पर्व मनाउने गर्दछन् । यस वर्ष पनि काठमाडौँ लगायत थारुहरुको बहुल्यता भएको विभिन्न ठाउँमा माघी पर्व मनाईएको छ ।

    अघिल्ला वर्षहरुमा काठमाडौँ लगायत विभिन्न ठाउँमा औपचारिक कार्यक्रम गरी धुमधाम र हर्सोल्लासका साथ माघी मनाइने गरिएको थियो । यसपाली भने कोभिड १९ संक्रमणका कारण देशभर सानो समूहमा अथवा परिवार भित्र मात्रै माघी पर्व मनाईएको छ ।

    माघीमा मिठो मिठो परिकारहरु बनाएर खाने प्रचलन छ । यस पर्वमा मौलिक परिकारहरु चिचर(भत्कुन), सितुवा, घुगी, हाँसको मासु लगायतका परिकारहरु बनाएर खाने गरिन्छ भने आफ्नो कला, संस्कृति झल्किने पोषाक लगाएर धुमधामसँग माघी मनाईने गरिन्छ ।

    माघीको दिन नुहाएर तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा रहेको छ । यस दिनमा नुहाएर दाल, चामल छोएर मान्यजनसँग आर्शिवाद लिने गरिन्छ। माघीलाई एक आपसमा सम्बन्ध प्रगाढ बनाउने पर्वको रुपमा पनि लिने गरिन्छ ।

    आजको दिनमा आफ्ना चेलिवेटीहरुलाई उपहार दिने र चेलिबेटीसँगको सम्बन्धलाई सुदृढ बनाउने गरिन्छ ।

    थारु जातिले माघी पर्वलाई नयाँ वर्षको दिनको रुपमा लिने गर्दछन् भने यस दिन देखि नयाँ कामको शुरुवात गर्ने प्रचलन पनि रहेको छ । माघीको दिनमा गाउँ समाजको नयाँ अगुवा चुन्ने तथा घरसल्लाह गर्ने काम पनि गरिन्छ ।


    बिहिवार, माघ १ २०७७०८:०६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij