Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

केयूमा सक्षम र नैतिकवान पदाधिकारी नियुक्त गर्न डा. केसीको माग

केयूमा सक्षम र नैतिकवान पदाधिकारी नियुक्त गर्न डा. केसीको माग

  • बिहिवार, माघ १ २०७७

  • 727
    SHARES

  • केयूमा सक्षम र नैतिकवान पदाधिकारी नियुक्त गर्न डा. केसीको माग

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू)को पदाधिकारीमा सक्षम र नैतिकवान व्यक्तिको नियुक्त गर्न माग गर्नुभएको छ । आज विज्ञप्ति जारी गरी केसीले केयूको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनुपर्ने बताउनुभएको छ ।

    हाल केयूको उपकुलपति नियुक्तिका लागि सर्च कमिटीले प्रक्रिया अघि बढाएको र ३५ जना भन्दा धेरैले आवेदन दिएका छन् । केसीले विज्ञहरुबाट सबै उम्मेदवारको योग्यता र अनुभवदेखि भिजनसम्मको मुल्यांकन गरेर मात्रै नियुक्तिका लागि सिफारिस गर्न माग गर्नुभएको छ ।

    मेडिकल शिक्षा नियमनमा गत वर्षहरुमा देखिएको चरम अनियमितता र बेथितिको केन्द्रमा केयूका निवर्तमान पदाधिकारीहरु रहेको भन्दै उहाँले देशका आधाभन्दा बढी निजी मेडिकल कलेज केयू अन्तर्गत रहेको र पदाधिकारीहरु ती मेडिकल कलेजका सञ्चालकहरुको स्वार्थ र इशारामा चल्ने गरेको आरोप लगाउनुभएको छ ।

    डा.केसीले आफ्नो पछिल्लो सत्याग्रहमा भएका सम्झौतासमेत कार्यान्वयन हुने गरी तथा सक्षम र नैतिकवान व्यक्ति नियुक्त गर्न माग गर्नुभएको छ ।


    बिहिवार, माघ १ २०७७०४:०६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij