Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

  • शनिवार, आषाढ २७ २०७७

  • 628
    SHARES

  • कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभडि–१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये २ जना काठमाडौं र १ जना सिन्धुपाल्चोकका रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएका ती पुरुषमा १७ गते स्वाव संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

    यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो । मृगौलाका बिरामी ती पुरुषको २५ गते निधन भएको हो । असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । २१ गते स्वावको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

    यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ पुरुषको पनि २५ गते नै निधन भएको छ । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनमा २२ गते कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।


    शनिवार, आषाढ २७ २०७७०४:५०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij