Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

माघे संक्रान्तिमा ४० हल गोरु जुधाइँदै, पशु अधिकारी भन्छन् : हितमा छैन

माघे संक्रान्तिमा ४० हल गोरु जुधाइँदै, पशु अधिकारी भन्छन् : हितमा छैन

  • बिहिवार, माघ १ २०७७

  • 1.2K
    SHARES

  • माघे संक्रान्तिमा ४० हल गोरु जुधाइँदै, पशु अधिकारी भन्छन् : हितमा छैन

    काठमाडौं । विगतका वर्षहरु जस्तै यस वर्ष पनि नुवाकोटका विभिन्न भेगमा भव्य रुपमा गोरु जुधाइदैं छ ।

    हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा गोरु जुधाइदैं आइएकोमा कोरोना महामारीको प्रकोपमा पनि नुवाकोटमा गोरु जुधाइ हुने भएको छ ।

    चार स्थानमा मेलासहित ४० हल गोरु जुधाउने कार्यक्रम तय भएको छ । तारकेश्वर गाउँपालिकाÐ३ चन्दनीमा भव्य मेला आयोजना गरिएको छ । चन्दनीमा यस वर्ष २२ हल गोरु जुध्जे छन् ।

    विदुर नगरपालिका १० वेत्रावतीमा ५ हल, शिवपुरी गाउँपालिकाको शेराबगरमा ७ र पञ्चकन्या गाउँपालिकामा ६ हल गोरु जुधाउने तयारी गरिएको छ ।

    गोरु जुधाइबारेका अनेक कहानी
    हरेक वर्ष माघेसंक्रान्तिको दिन तारुकामा गोरु जुधाइ हुन्छ । गोरु जुधाइबारे धेरै कहानीहरू छन् । त्यसमध्ये किसानहरूको पौरख प्रतिबिम्बित गर्ने क्रममा कसको गोरु बलियो भनेर प्रदर्शन गर्ने बताइन्छ ।

    त्यस्तै, अर्को कहानी अनुसार राजा जयपृथ्वीबहादुर शाह १० वर्षको हुँदा काठमाडौंको जाडो छल्न आमासँग मामाघर तारुका पुगेका थिए । मामाघरमा भान्जाभान्जीलाई झोलीको देउता भनिन्छ ।

    उनै झोलीका देउतालाई मामाघरमा माघेसंक्रान्तिका दिन गोरु जुधाएर मनोरञ्जन गराइएको र त्यसयता तारुकामा यो चलन चल्दै आएको मान्यता पनि छ ।

    वि.सं. १८४९ मा तिब्बती सेना र नेपाली सेनाबीच वेत्रावतीमा सन्धी भएपछि त्यसको खुसियालीमा गोरु जुधाएर रमाइलो गर्ने चलनको थालनी भएको पनि अर्को कहानी छ । तर, यसैवेला देखि गोरु जुधाउन सुरु भएकोे भन्नेबारे अभिलेख भने अहिलेसम्म फेला परेको छैन ।

    पशु हितमा छैन
    पशु अधिकारकर्मी प्रमदा शाह यस्तो क्रियाकलाप पशुको हित विपरित भएको बताउनुहुन्छ ।

    विगत ८ वर्षदेखि गोरु जुधाइको विरोध गर्दै आएपनि हालसम्म केही परिवर्तन हुन नसकेको उहाँको भनाइ छ । विगतमा राजालाई देखाउन यस्ता चलन चलेपनि अब समय फेरिएको र परम्परा जोेगाउने नाममा यस्ता क्रियाकलाप पूर्ण रुपमा रोक्नुपर्ने उहाँले बताउनुभयो ।


    बिहिवार, माघ १ २०७७०८:१५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij