Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सिन्धुपाल्चोकको जम्बुमा पहिरोमा हराएका २० जना अझै भेटिएनन्

सिन्धुपाल्चोकको जम्बुमा पहिरोमा हराएका २० जना अझै भेटिएनन्

  • शनिवार, आषाढ २७ २०७७

  • 668
    SHARES

  • सिन्धुपाल्चोकको जम्बुमा पहिरोमा हराएका २० जना अझै भेटिएनन्

    चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता भएका २० जना अझै भेटिएका छैनन् ।
    लगातारको वर्षाले सडक अवरुद्धका कारण उनीहरूको खोजीमा कठिनाइ भइरहेको छ । राजधानीबाट आएका २५ जनाको उद्धारटोलीसहित सुरक्षाकर्मीले बेपत्ताहरूको खोजी गरिरहेको भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

    उहाँका अनुसार जम्बुका विस्थापित ३० परिवारका लागि स्थानीय पालिकासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइसकेको छ ।

    शुक्रबार बिहान आएको बाढीपहिरोबाट भोटेकोशी गाउँपालिकाको लार्चामा बेपत्ता भएका एक व्यक्ति स्थानीय ४० वर्षीय नाङचे मगरको भने जीवितै उद्धार गरिएको छ उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताउनुभयो ।

    जुरे सडक खोल्ने प्रयास

    लगातारको वर्षाले बुधबार राति आएको सुनकोशी नदीको बाढीले कटान गरेको अरनिको राजमार्गको जुरेमा सडक खुलाउने काम भइरहेको छ । बाढीले सम्पूर्ण भाग कटान गरेको करिब १५० मिटर सडक भित्ताको कडा चट्टान काटेर डाइभर्ट गरी निर्माणकार्य भइरहेकाले आज बेलुकासम्म सम्पन्न गरिने सडक डिभिजन कार्यालय दोलखाका डिभीजन इञ्जीनियर विजयकुमार महतोले जानकारी दिनुभयो ।

    शुक्रबार अपराह्नदेखि शुरु भएको उक्त काम शनिबार बिहानैदेखि पुनः शुरु गरिएको छ । उक्त सडक सञ्चालन भएपछि बाह्रबिसेसम्मको आवागमन सहज हुनेछ । भोटेकोशीको कटान र पहिरोबाट खोर्सानीबारीदेखि माथिका विभिन्न ठाउँमा सडक अवरुद्ध भएकाले आवतजावतमा कठिनाइ उत्पन्न भएको छ ।

    बाढीले बाह्रबिसेको खागदलखोला र भोटेकोशी गाउँपालिका–५ को बुलकोटेमा पक्की पुल बगाएकाले दुई बेलिब्रिज राख्ने विषयमा विभागमा पहल भइरहेको डिई महतोले बताउनुभयो । रासस


    शनिवार, आषाढ २७ २०७७०४:३७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij