काठमाडौं । दैलेखको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले युवाहरुलाई स्वरोजगार बनाउन बिशेष कार्यत्रम संचालन गरिएको बताउनुभएको छ ।
नगरपालिकाका नीति तथा कार्यक्रम युवाहरुलाई आर्थिकरुपमा मजबुत बनाउन केन्द्रीत रहेको पनि उहाँले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा गएका धेरै स्थानीयवासीन्दाहरु कोरोनाले गर्दा गाउँ फर्किएको, कतिपय त पुनः वैदेशिक रोजगारीमा फर्किएका छन, गाउँ घरमा भएका युवा वर्गलाई रोजगारी प्रवाह गरिरहेका छौं ।’
नगर प्रमुख भण्डारीले सत्तारुढ नेकपाको विभाजन र प्रतिनिधि सभा विघटनले दुल्लु नगरपालिकाको काममा कुनै पनि किसिमको बाधा नपुर्याएको पनि स्पष्ट पार्नुभएको छ ।
साथै उहाँले तीन तहको सरकारबीच तालमेल नमिल्दा कोरोना भाइरसविरुद्ध स्थानीय सरकार बढी खटेको पनि बताउनुभएको छ ।
मेयर भण्डारीसँग गरिएको कुराकानी सुन्नुहोस् !