Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

  • मंगलवार, पौष २८ २०७७

  • 935
    SHARES

  • कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

    काठमाडौँ – कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। योसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ।

    अदालतका प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको बताए।

    नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौँ र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

    नेपालमा दश दश वर्षमा पाठ्यक्रम परिमार्जन हुने व्यवस्थाअनुसार शिक्षा मन्त्रालयको स्वीकृततिमा पाठ्यक्रम विकास केन्द्रले यो वर्ष कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको थियो।


    मंगलवार, पौष २८ २०७७०५:२८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij