काठमाडौं । नेपालमा भारतीय च्यानल बन्द गरिएपछि चितवनको भरतपुर अस्पतालका एक चिकित्सकले दिएको आपत्तिजनक अभिव्यक्तिबारे प्रहरीले अनुसन्धान थालेको छ । अस्पतालको मेडिसिन विभागमा कार्यरत डा. ऋतुराज तिवारीको आपत्तिजनक भिडियो सार्वजनिक भएपछि उनको अभिव्यक्तिबारे प्रहरीले छानविन थालेको हो ।
डा. तिवारीले नेपालमा भारतीय समाचार च्यानल बन्द भएपछि एक आपत्तिजनक भिडियो रेकर्ड गराएका थिए । उनले अश्लील शव्द प्रयोग गर्दै हिन्दी भाषामा ‘भारतले सीमा बन्द गरिदिए ‘ खान्छौ नेपाली ? तिमीहरुलाई चीनले ‘ दिन्छ की, जापानले दिन्छ ?’ भनेका छन् । सो भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ ।
आपत्तिजनक अभिव्यक्ति दिएकाले डा. तिवारीलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले बताउनुभयो ।विवादास्पद छविका डा. तिवारी गत असार १ गतेबाट दैनिक ज्यालादारीमा काम गर्ने गरी भरतपुर अस्पतालमा नियुक्त भएका थिए ।
अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले दैनिक ज्यालादारीमा काम गर्ने चिकित्सक भएकाले उनलाई हटाउन सकिने बताउनुभयो ।