Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

खोलाले बगाउँदा एक जनाको मृत्यु

खोलाले बगाउँदा एक जनाको मृत्यु

  • शनिवार, आषाढ २७ २०७७

  • 949
    SHARES

  • खोलाले बगाउँदा एक जनाको मृत्यु

    चितवन । माडीमा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

    दुई दिनदेखि परेको वर्षात्का कारण रिमाल खोला बढ्दा खोला तर्ने समयमा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ । खोलाले बगाएर ल्याएको अवस्थामा माडी नगरपालिका–७ हरिनगरमा शव भेटिएको हो ।

    यस्तै भरतपुर महानगरपालिका–२७ दिव्यनगरमा नारायणी नदीले पाँच मिटर ड्याम भत्काएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पानीको बहाब बढ्न थालेसँगै शुक्रबार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाएको ड्याम नदीले बगाएको हो । सात मिटर ड्याममध्ये दुई मिटरमात्र बाँकी रहेको प्रहरीले जनाएको छ ।

    यता वर्षाका कारण भरतपुर महानगरपालिका–११ भोजाडमा रुखले घर थिचेको छ । जसका कारण घरमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । भोजाडमा रहेको एउटा घरमा क्षति भएको हो ।

    त्यसैगरी यज्ञपुरीमा पनि रुख ढलेर घरमाथि परेको र पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए । रासस


    शनिवार, आषाढ २७ २०७७१२:०१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij