Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

पशुपति मन्दिर आज दिनभर बन्द हुने

पशुपति मन्दिर आज दिनभर बन्द हुने

  • आइतवार, पौष २६ २०७७

  • 3.5K
    SHARES

  • पशुपति मन्दिर आज दिनभर बन्द हुने

    काठमाडौं । पशुपतिनाथको मन्दिर आज दिनभर बन्द हुने भएको छ । शनिवार हिजो धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाकाअनुसार अब भोलि बिहान ६ बजेमात्रै मन्दिर खुला हुनेछ ।

    पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने गरिएको छ । धनुर्मास पर्वमा रातभरि पूजा गरेपछि भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने नियम रहेको खतिवडाले बताउनुभयो । कोरोना महामारीका कारण झण्डै ९ महिना बन्द भएको मन्दिर गएको पुष १ गतेदेखि खुलेको थियो ।

    पशुपतिनाथलाई चिसोबाट जोगाउन भन्दै मूल मन्दिरमा हिजो धनुर्मास पूजा गरिएको हो । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चन्द्र दुवै मासअनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ ।


    आइतवार, पौष २६ २०७७०८:२९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij