Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

केएमसी अस्पतालमा कोरोना संक्रमितको मृत्यु, संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुग्यो

केएमसी अस्पतालमा कोरोना संक्रमितको मृत्यु, संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुग्यो

  • शनिवार, आषाढ २७ २०७७

  • 613
    SHARES

  • केएमसी अस्पतालमा कोरोना संक्रमितको मृत्यु, संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुग्यो

    केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका १ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो ।

    असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा. मुकुन्द राज जोशीले जानकारी दिनुभएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ । ती पुरुष मिर्गौलाको बिरामी थिए ।

    स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो ।

    श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो । नेपाली सेनाको टोलीले आज विहान उनको शव व्यवस्थापन गरेको छ ।


    शनिवार, आषाढ २७ २०७७०९:५०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij