Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज पनि मौसम सफा नरहने, यी क्षेत्रमा हुनेछ बाढी र पहिरोको जोखिम

आज पनि मौसम सफा नरहने, यी क्षेत्रमा हुनेछ बाढी र पहिरोको जोखिम

  • शनिवार, आषाढ २७ २०७७

  • 831
    SHARES

  • आज पनि मौसम सफा नरहने, यी क्षेत्रमा हुनेछ बाढी र पहिरोको जोखिम

    काठमाडौं ।  आज पनि देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने भएको छ। जल तथा मौमस विज्ञान विभागका अनुसार अहिले पनि सिन्धुलीको हरिहरपुरगढी र आसपास भारी वर्षा भइरहेको छ।

    सिस्नेरी, कोखाजोरखोला, मरिनखोला, बकैया लगायतमा बहाव बढ्ने र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम भएकाले सचेत रहन विभागले अनुरोध गरेको छ।

    यस्तै, अहिले सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का तराईका जिल्लामा केही क्षेत्र र प्रदेश १ तथा २ को तराईका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

    मकवानपुर, सिन्धुली, उदयपुर लगायत प्रदेश २ र १ को तराई र चुरे भई बहने स–साना नदीमा बहाव दिउँसोसम्म सतर्कता आसपास रहने र केहीमा खतरासम्म पुग्न सक्ने पुर्वानुमान गरिएको छ।

    केही दिनयता देशका धेरै भूभागमा वर्षा र बाढीले ठूलो क्षति गरेको छ।


    शनिवार, आषाढ २७ २०७७०७:३४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij