Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बागमती सफाइको ४०० औं हप्ता पूरा

बागमती सफाइको ४०० औं हप्ता पूरा

  • शनिवार, पौष २५ २०७७

  • 1.1K
    SHARES

  • बागमती सफाइको ४०० औं हप्ता पूरा

    काठमाडौं । बागमती सफाइ महाअभियानको ४०० औँ हप्ता पूरा भएको छ ।

    स्वयंसेवीरुपमा संचालन हुँदै आएको महाअभियानमा अहिलेसम्म दश लाखभन्दा बढी स्वयंसेवी जोडिएका छन ।

    ‘स्वच्छता हाम्रो पहिचान, सफाइमा मेरो योगदान’ भन्ने नारासहित २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियानले हालसम्म २० हजार मेट्रिकटन ठोस फोहोर उठाएको छ । नदीपरिसरमा ३० वटाभन्दा बढी बगैँचा निर्माण भएका छन ।

    जाडो, गर्मी, पर्व, भूकम्प र कोरोना महामारीसमेत नभनी महाअभियान निरन्तर सञ्चालन हुनु आफैँमा गर्वको कुरा भएको बागमती सफाइ अभियान्ता तथा पूर्वमुख्यसचिव लीलामणि पौड्यालले बताउनुभएको छ ।

    अभियान्ताहरुले सातामा एक दिन, कम्तीमा दुई घण्टा बागमती नदीलाई सफाइका लागि दिनुपर्ने भन्दै अभियान थालेका थिए ।

    अहिले यो अभियान देशव्यापी बनेको छ । बागमती सफाइ अभियानकै प्रेरणाले उपत्यकाकै सबै नदीमा सफाइ अभियान चलेको छ ।


    शनिवार, पौष २५ २०७७०८:१५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij