काठमाडौं । नेपाल पत्रकार महासंघले जि न्युजमाथि कारवाही गर्न माग गर्दै भारतीय प्रेस काउन्सिललाई पत्राचार गरेको छ । नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौली कुमार प्रसादलाई परराष्ट्र मन्त्रालयमार्फत एक पत्र पठाउँदै जी न्युजमाथि कारवाही अघि बढाउन आग्रह गर्नुभएको हो ।
अध्यक्ष श्रेष्ठले पत्रमा जी न्युजले पत्रकारिताको न्यूनतम् मूल्य मान्यताको पनि ख्याल नगरी प्रसारण गरेको उक्त सामग्रीले नेपालको सार्वभौमसत्तामै आक्रमण गरेको उल्लेख गरिएको छ ।
प्रेस काउन्सिलले चिनियाँ राजदूत होउ यान्छीसँग जोडेर चारित्रिक प्रश्न उठाउँदै बनाइएको सामाग्री कुनै पनि हिसाबमा समाचारको मूल्य मान्यता भित्र नपर्ने ठहर गरेको छ । काउन्सिलले नेपालबिरुद्ध जथाभावी बनाइएका सामग्रीकै कारण भारतीय समाचार टेलिभिजनमाथि प्रतिबन्ध लगाइएको पनि स्मरण गराएको छ ।