Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रहरी मुख्यालय पुगेर प्रधान सेनापतिले दिए नवनियुक्त आईजीपीलाई बधाई

प्रहरी मुख्यालय पुगेर प्रधान सेनापतिले दिए नवनियुक्त आईजीपीलाई बधाई

  • शुक्रवार, आषाढ २६ २०७७

  • 764
    SHARES

  • प्रहरी मुख्यालय पुगेर प्रधान सेनापतिले दिए नवनियुक्त आईजीपीलाई बधाई

    काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी प्रधान कार्यालय पुगेर नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

    आज प्रहरी मुख्यालय पुगेर प्रधान सेनापतिले नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त भएकोमा सफल कार्यकालको शुभकामना दिनुभएको हो । भेटघाटका अवसरमा प्रधानसेनापति थापा र प्रहरी महानिरीक्षक क्षेत्री बीच दुबै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    प्रधान सेनापतिले प्रहरी महानिरीक्षकलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरेको तथा प्रहरी महानिरीक्षक क्षेत्रीले प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप ’मोमेन्टो’ प्रदान गरेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ।


    शुक्रवार, आषाढ २६ २०७७०६:१८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij