Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एसिया कप क्रिकेट एक वर्षसम्मका लागि स्थगित

एसिया कप क्रिकेट एक वर्षसम्मका लागि स्थगित

  • शुक्रवार, आषाढ २६ २०७७

  • 974
    SHARES

  • एसिया कप क्रिकेट एक वर्षसम्मका लागि स्थगित

    एसिया कप क्रिकेट प्रतियोगिता २०२१ सम्मका लागि स्थगित भएको छ । कोरोनाका कारण सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिता कोरोनाका कारण तत्काल नहुने भएको हो ।
    एसियन क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कप क्रिकेट एक वर्षसम्मका लागि स्थगित भएको जनाएको छ । कोरोना भाइरस महामारीका कारण प्रतियोगिता जुन २०२१ सम्मका लागि स्थगित गरिएको एसीसीले पुष्टि गरेको छ । यसअघि एसिया कप क्रिकेट सेप्टेम्बरमा आयोजना हुने तय भएको थियो । अर्को वर्ष आयोजना हुने एसिया कप श्रीलंकामा हुनेछ ।

    यसअघि पाकिस्तानमा आयोजना हुने भनिएको एसिया कपको होस्टिङ राइट्स पाकिस्तान क्रिकेट बोर्डले श्रीलंका क्रिकेट बोर्डलाई सुम्पिएको थियो । २०१८ को एसिया कपको उपाधि सातौ पटक भारतले जितेको थियो ।


    शुक्रवार, आषाढ २६ २०७७०५:५२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij