Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

ललितपुरका विभिन्न ठाउँमा आज विद्युत अवरुद्ध हुने

ललितपुरका विभिन्न ठाउँमा आज विद्युत अवरुद्ध हुने

  • बुधवार, पौष २२ २०७७

  • 2.4K
    SHARES

  • ललितपुरका विभिन्न ठाउँमा आज विद्युत अवरुद्ध हुने

    काठमाडौं । ललितपुरका विभिन्न ठाउँमा आज विद्युत अवरुद्ध हुने भएको छ ।

    पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर अन्तर्गत नख्खु चोक, बागडोल, धोबिघारा, मालपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावरलगायत क्षेत्रमा ट्रान्सफर्मर जडानको काम गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने भएको हो ।

    ट्रान्सफर्मर जडानका लागि पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर सटडाउनमा राख्नुपर्ने भएकोले दिउँसो १ बजेदेखि ४ बजेसम्म बत्ति जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    यस्तै प्राधिकरणले निर्धारित समय अगावै ट्रान्सफर्मर जडानको काम सम्पन्न भए तोकिएको समयअगावै विद्युत आउने पनि जनाएको छ ।


    बुधवार, पौष २२ २०७७०८:३१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij