Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हावाका कारण भारतबाट करोडौं सलह भित्रने जोखिम बढ्यो

हावाका कारण भारतबाट करोडौं सलह भित्रने जोखिम बढ्यो

  • शुक्रवार, आषाढ २६ २०७७

  • 648
    SHARES

  • हावाका कारण भारतबाट करोडौं सलह भित्रने जोखिम बढ्यो

    काठमाडौं । हावाका कारण पुनः ठूलो संख्यामा सलहको झुन्ड नेपाल भित्रने जोखिम बढेको छ । भारतको राजस्थानमा ४ सय हेक्टर क्षेत्रफल ओगट्ने करोडौंको संख्यामा रहेका सहलको झुन्ड हावाको बेगका कारण नेपाल भित्रने जोखिम बढेको क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

    सुवेदीका अनुसार नेपालमा पानी परिरह्यो र बादल लागिरह्यो भने सलह भित्रिने सम्भावन न्यून रहेको छ । नेपालबाट भारततर्फ गएको सलहको झुन्ड नभई अर्कै नयाँ झुन्डको जोखिम बढेर गएको हो ।

    केन्द्रले सीमावर्ती नेपाली क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । तराई तथा भित्री मधेशका भूभागमा विशेष सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्नुपर्ने देखिएको सुवेदीले बताउनुभयो ।


    शुक्रवार, आषाढ २६ २०७७०४:१७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij