Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बालविवाह रोक्न पुजारीसँग सम्झौता

बालविवाह रोक्न पुजारीसँग सम्झौता

  • सोमवार, पौष २० २०७७

  • 951
    SHARES

  • बालविवाह रोक्न पुजारीसँग सम्झौता

    काठमाडौं । बाजुराको बुढीनन्दा नगरपालिकाले बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग सम्झौता गरेको छ ।

    समाजमा व्याप्त कुरुतीहरुमध्ये बालविवाह एउटा मुख्य चुनौती रहेको भन्दै बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग तीन बुँदे सम्झौता गरिएको नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मीले जानकारी दिनुभएको छ ।

    सम्झौता पत्रमा पुजारी र पुरोहितहरुले बिवाह गराउँदा केटा र केटीको नागरिकता अथवा जन्मदर्ता अनिवार्य रुपमा माग गरी २० वर्ष उमेर पुगेको हकमा मात्र विवाह गराउने, बालविवाह भएको जानकारी पाए यथाशीघ्र जिम्मेवार निकायमा जानकारी गराउने र सम्झौता उल्लंघन गरेमा कानून बमोजिम सजायको भागिदार हुने उल्लेख भएको उहाँले बताउनुभयो ।

    पुजारी र पुरोहितहरुको उत्साहपूर्ण सहभागिता र सहमतिले आफूहरुलाई आशावादी बनाएको समेत रेग्मीले बताउनुभएको छ ।


    सोमवार, पौष २० २०७७०९:३०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij