Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

जेठमा एसइई सञ्चालन गर्न चारवटा विकल्प पेश

जेठमा एसइई सञ्चालन गर्न चारवटा विकल्प पेश

  • सोमवार, पौष २० २०७७

  • 942
    SHARES

  • जेठमा एसइई सञ्चालन गर्न चारवटा विकल्प पेश

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ ।

    परीक्षा सञ्चालनका निम्ति चारवटा विकल्प अघि बढाइएको छ । सम्बन्धित विद्यालय, स्थानीय तह, प्रदेश वा यसअघि झैँ संघीय सरकारमार्फत सञ्चालन गर्ने भन्ने रहेको छ । विद्यमान ऐनमा भने एसइई परीक्षा सञ्चालन जिम्मेवारी प्रदेश तहलाई दिइएको छ ।

    मन्त्रालयको प्रस्तावसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० का विद्यार्थीको विवरण माग गरेको छ ।

    ‘सरकारले शैक्षिक सत्र टुङ्ग्याएपछि हामीले एसईई परीक्षा लिने हो,’ बोर्डका अध्यक्ष प्राध्यापक चन्द्रमणि पौडेलले भन्नुभयो, ‘त्यसैले कानुनअनुसार विद्यार्थीको यकिन विवरणका नम्ति फारम खुला गरेका छौँ । सरकारले निर्णय गरे थप तयारीमा जुट्छौँ ।’

    गत वर्ष देशभरबाट एसइईका निम्ति ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थीले फारम भरेका थिए । सरकारले चैत ६ गतेबाट हुने परीक्षा कोरोनाभाइरसका कारण ५ गते स्थगित गर्ने घोषणा गरेको थियो । लकडाउनका कारण सहरमा पढ्दै गरेका धेरै विद्यार्थी गाउँघर फर्किएको अनुमान गरिएको छ ।

    आजको कान्तिपुर दैनिकमा समाचार छ ।


    सोमवार, पौष २० २०७७०७:२७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij