Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एपिएफलाई हराउँदै प्रदेश १ ले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि

एपिएफलाई हराउँदै प्रदेश १ ले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि

  • आइतवार, पौष १९ २०७७

  • 1.3K
    SHARES

  • एपिएफलाई हराउँदै प्रदेश १ ले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि

    दाङ । दाङको लमहीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले उचालेको छ । आज भएको प्रतियोगिताको फाइनल खेलमा साविकको विजेतासमेत रहेको विभागीय टोली एपिएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि उचालेको हो ।

    cricket (1).jpg

    खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ६ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको एपिएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा सिमित हुन पुगेपछि प्रदेश १ लाई उपाधि उचाल्न प्रयाप्त बन्यो ।

    एपिएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् । भने करुणा भण्डारीले अविजित रहदै २६ रन बनाइन् । यस्तै ओपनर ब्याटरले १४ रनको योगदान दिँदा अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा जितको नजिक पुगेर एपिएफ निराश हुन पुग्यो ।

    बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री र अलिशा खडियाले २–२ विकेट लिए । भने संगीता राईले १ विकेट लिइन् ।

    त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

    टिमले बलियो योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याटरद्वय अप्सरी बेगम र कप्तान रुविना क्षेत्रीले सानदार सुरुवात दिलाएका थिए ।

    यी दुई ब्याटरबीच ५८ रनको ओपनिङ साझेदारी हुन पुगेको थियो । १२.४ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेकी रुविनाले ३२ बलको सामना गर्दै १८ रनको योगदान गरेकी थिइन् ।

    रुविना आउट भएपछि अप्सरी पनि सोही ओभरको अन्तिम बलमा आउट हुन् पुगिन् । आक्रमक शैलीमा ब्याटिङ गर्न रुचाउने अप्सरीले ४५ बलको सामना गर्दै ५ चौकासहित ३४ रनको योगदान गरिन् ।

    यी दुई बाहेक टिमका लागि काजल श्रेष्ठले अविजित रहँदै २९ रन बनाइन् । उनले उक्त रन बनाउने क्रममा २६ बलको सामना गर्दै ३ चौका समेत प्रहार गरिन् । यस्तै रोमा थापाले ३ रन, निशा शाहले ५ बनाउँदा संगीता राई २ रनमा अविजित रहिन् ।

    बलिङतर्फ एपिएफका लागि कप्तान सीता राना मगरले ३ विकेट हात पारिन् । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले उक्त विकेट लिने क्रममा १७ रन खर्चिइन् । यस्तै करुणा भण्डारीले १ विकेट लिएकी थिइन् ।

    उपाधिसँगै प्रदेश १ ले नगद पाँच लाख प्राप्त गर्दा उप– विजेता बनेको एपिएफले तीन लाख प्राप्त गरेको छ ।


    आइतवार, पौष १९ २०७७०३:४२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij