काठमाडौं । काठमाडौंको कोटेश्वरमा आज बिहान पेस्तोल देखाएर एकजनाको मोबाइल लुटपाटको प्रयास भएको छ । काठमाडौँ महानगरपालिका ३२ कोटेश्वर चोकको सडकखण्डमा आइतबार बिहान साढे ६ बजेतिर कटुवा पेस्तोल देखाएर एक युवामाथि लुटपाटको प्रयास भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जनाकारी दिनुभएको छ ।
‘सिन्धुलीको तीनपाटन गाउँपालिका घर भएका २५ वर्षीय युवराज आले मगरले आफूलाई पेस्तोल देखाएर लुटपाट गर्ने प्रयास भएको जानकारी प्रहरीलाई दिएका छन्’, उहाँले नेपाली नेटवर्कसँग भन्नुभयो ।
प्रहरीका अनुसार बिहान कोटेश्वर चोकमा रोकिएको अवस्थामा एकजना अज्ञात व्यक्तिले पेस्तोल देखाएर आफ्नो मोबाइल लुटेर जडीबुटीतिर भागेको युवराजले बताएका छन् । तर पिछा गरेपछि उनले मोबाइल र पेस्तोल छाडेको उनले प्रहरीलाई बताएका छन् ।
पेस्तोल कसले बोकेका थिए उनी को हुन् भन्ने खुलेको छैन । घटनाबारे शंकास्पद रदेखिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।