Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अन्तःशुल्क छल्ने दुई उद्योगविरूद्ध पौने ६ करोड बिगोसहितको मुद्दा

अन्तःशुल्क छल्ने दुई उद्योगविरूद्ध पौने ६ करोड बिगोसहितको मुद्दा

  • शुक्रवार, आषाढ २६ २०७७

  • 890
    SHARES

  • अन्तःशुल्क छल्ने दुई उद्योगविरूद्ध पौने ६ करोड बिगोसहितको मुद्दा

    कामाडौं । राजस्व अनुसन्धान विभागले दुईवटा फर्मले राजस्व चुहावट गरेको आरोपमा उच्च अदालतमा मुद्दा हालेको छ । अन्तःशुल्क लाग्ने सामानमा अन्तःशुल्क असुल नगरेको भन्दै श्याम ग्लास इन्डिस्ट्रिज र महाशक्ति गुटखा उद्योगविरुद्ध मुद्दा हालिएको हो ।

    दुई फर्मबाट राजस्व चुहावट गरेको अभियोगमा ६ करोड ६९ लाख रूपैयाँ बिगो कायम गरिएको छ । उनीहरूबाट बिगोसहित जरिवाना र कैदको माग पनि गरिएको छ । दुवै उद्योगविरूद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरिएको हो ।

    जसमध्ये श्याम ग्लास इन्डस्ट्रिजको नाममा ६ करोड ६ लाख २५ हजार २ सय ८२ रुपैयाँ बिगो कायम गरिएको छ । कम्पनीले सरकारलाई तिर्नु पर्ने राजस्व नतिर्ने वा कम तिर्ने उद्देश्य राखेको बताइएकोछ । उसले सिसा तथा सिसाजन्य मालवस्तुमा अन्तःशुल्क असुल नगरेको हो ।

    यसैगरी राजस्व चुहावट गर्ने महाशक्ति गुट्खा उद्योगबाट ६३ लाख ८ हजार ७ सय ६ रुपैयाँ बिगो माग गरिएको छ । उद्योगले पनि अन्तःशुल्कजन्य पदार्थ उत्पादन तथा विक्री वितरण गर्दा अन्तःशुल्क असुल नगरेको हो ।


    शुक्रवार, आषाढ २६ २०७७०३:४४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij