Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाढी-पहिरो अपडेटः देशभर ३४ जनाको मृत्यु, मोरङ र झापा उच्च जोखिममा

बाढी-पहिरो अपडेटः देशभर ३४ जनाको मृत्यु, मोरङ र झापा उच्च जोखिममा

  • शुक्रवार, आषाढ २६ २०७७

  • 3.1K
    SHARES

  • बाढी-पहिरो अपडेटः देशभर ३४ जनाको मृत्यु, मोरङ र झापा उच्च जोखिममा

    काठमाडौं । अविरल वर्षासँगै आएको बाढी पहिरोले देशभरि जनधनको ठूलो क्षति भएको छ। आज बिहानसम्म ३४ जनाको मृत्यु, दर्जनौं घाइते र बेपत्ता भएका छन् । गृह मन्त्रालयको राष्ट्रिय आपतालीन कार्यसञ्चालन केन्द्रका अनुसार म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने ३३ जनाभन्दा बढी बेपत्ता भएका छन् । विभिन्न स्थानमा गरी ३५ घर पुरिएका छन् ।

    भने जोखिममा परेका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले सडक तथा पैदलमार्ग बगाएकाले उद्धारकर्ता घटनास्थल पुग्न सकेका छैनन् । लमजुङको वेशीसहर नगरपालिका ७ मा आएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पर्वतको दुर्लुङमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। रूकुम पश्चिमको आठबिसकोट ३ मा आएको पहिरोमा २ जनाको मृत्यु भएको छ भने १ घाइते भएका छन् ।

    पहिरोले ठाउँ ठाउँमा पहिरो गएपछि राजमार्गहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्गको धादिङ बेनीघाटमा पहरो आएपछि राजमार्ग अवरूद्ध भएको केन्द्रले जनाएको छ । तराईका जिल्लामा नदीहरूमा पानीको सतहमा बढिरहेको छ।

    त्यस्तै, जाजरकोटको बारेकोट गाउँपालिका ४ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको छ । पहिरोमा परेका ९ जना अझै बेपत्ता छन्।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले पहिरो गएको माटोमुनि ३ जनाको शव देखिएकाले ती शव निकाल्ने काम भइरहेको जानकारी दिनुभयो ।

    उता, पूर्वको मोरङ बाढी र डुबानको उच्च जोखिममा परेको छ । मोरङको बिभिन्न १५ स्थानमा सर्तकता अपनाउन नसक्दा यस बर्ष पनि उच्च जोखिमा पर्दै गएका छन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङले बक्राहा खोलाको कारण यस पटकपनि मोरङका बिभिन्न स्थान डुबानमा पर्न सक्ने भन्दै सर्तह हुन आग्रह गरेको छ । जिल्लामा करिब २ लाख घर परिवारहरु बाढी र डुबानको उच्च जोखिममा रहेको बताईएको छ ।

    यस्तै, सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेको छ । आज बिहानबाट पानीको बहाव उच्च भएको हो । पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले जानकारी दिनुभयो ।

    ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ । पानीको बहाव खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन भनिएको खडकाले बताउनुभयो ।


    शुक्रवार, आषाढ २६ २०७७०३:०३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij