Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अहिले कुनै प्रकारको लोडसेडिङ भएको छैन : प्राधिकरण

अहिले कुनै प्रकारको लोडसेडिङ भएको छैन : प्राधिकरण

  • बिहिवार, पौष १६ २०७७

  • 960
    SHARES

  • अहिले कुनै प्रकारको लोडसेडिङ भएको छैन : प्राधिकरण

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुनै पनि प्रकारको लोडसेडिङ नभएको र लोडसेडिङ गर्नुपर्ने अवस्था समेत नरहेको प्रष्ट पारेको छ ।

    विद्युतको आपूर्ति व्यवस्थापन गर्न नसकेका कारण पटकपपटक बिनासूचना लाइन काटिने गरेको भन्दै आलोचना भएको बेला प्राधिकरणले मर्मतको नाममा घन्टौंसम्म विद्युत् काट्न थालेपछि अघिोषित लोडसेडिङ हुन थालेको चर्चा हुँदै आएको थियो ।

    यसलाई खण्डन गर्दै प्राधिकरणले कुनै पनि प्रकारको लोडसेडिङ गर्नुपर्ने अवस्था अहिले नरहेको प्रष्ट्याएको हो ।

    बिहीबार एक विज्ञप्ती जारी गर्दै अहिले लाइन जाने समस्या छोटो समयको लागि भएको आपूर्ति अवरोध मात्रै भएको प्रष्ट पारेको हो ।

    प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जारी गरेको विज्ञप्तीमा राष्ट्रिय विद्युत् प्राणालीमा भारवहन भन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय विद्युत् प्रसारण तथा आपूर्ति अवरोध लोडसेडिङ नभएको प्रष्ट पारेको छ ।

    प्राधिकरणले प्रसारण प्राणालीमा अधिक भार हुँदा, पोलहरु सार्ने, ट्रान्सफर्मर प्रतिस्थापन गर्ने, वितरण प्रणालीमा पुराना संरचना मर्मतसम्भार गर्ने कार्य हुँदा र प्राकृतिक वा आकस्मिक समस्या हुँदा विद्युत् प्रसारण रोकिनसक्ने भन्दै यसलाई लोडसेडिङ भन्न नमिल्ले तर्क गरेको हो ।

    केही दिनदेखि प्राधिकरणले विभिन्न स्थानमा सूचना जारी गरेरै घन्टौंसम्म लाइन बाट्न थालेपछि आम जनतामा फेरि लोडसेडिङ फर्किएको हो कि भन्ने चिन्ता थपिएको बेला प्राधिकरणको यस्तो विज्ञप्ती आएको हो ।


    बिहिवार, पौष १६ २०७७०७:२२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij