Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

  • बिहिवार, पौष १६ २०७७

  • 892
    SHARES

  • लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

    काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो ।

    उनीविरुद्ध नवलपरासीका उखु किसानले आफ्नो उत्पादनको पैसा नतिरेको उजुरी परेको छ । त्यही अभियोगमा उनलाई पक्राउ गरिएको हो ।
    प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले थप अनुसन्धानका लागि नवलपरासी पठाइएको जानकारी दिनुभएको छ ।

    मिलले उखु किसानको १५ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको बताइएको छ । सरकारले किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही गर्ने सहमति किसानसँग गरेको छ ।

     


    बिहिवार, पौष १६ २०७७०२:४९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij