काठमाडौं । मकवानपर सहोदर बाबुछोरा गाँजासहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनीका १२ वर्षीय छोरा छन् । उनीहरुको साथबाट १८ केजी अवैध लागुऔषध गाँजा पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई राप्ती नगरपालिका–४ झरना जाने सडकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जाँचका क्रममा उनीहरुको साथमा रहेको कालो झोलामा गाँजा भेटिएको प्रहरीको दाबी छ । थप अनुसन्धान र कारवाहीका लागि उनीहरुलाई इलाका प्रहरी कार्यालय खैरहनी लगिएको छ ।