Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

पत्रकार देवकुमार सुनुवार राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकारमा मनोनीत

पत्रकार देवकुमार सुनुवार राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकारमा मनोनीत

  • शुक्रवार, पौष १० २०७७

  • 1.3K
    SHARES

  • पत्रकार देवकुमार सुनुवार राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकारमा मनोनीत

    काठमाडौं । आदिवासीहरूका लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकारमा पत्रकार देवकुमार सुनुवार मनोनीत हुनुभएको छ । एसिया र प्रशान्त क्षेत्रका आदिवासी जनजातिहरूको प्रतिनिधिका रूपमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुनुवारलाई मनोनित गर्नुभएको हो ।

    पत्रकार सुनुवार राजधानीबाट प्रसारण हुने इन्डिजिनियस टेलिभिजनका अध्यक्ष हुनुहुन्छ । सुनुवार सन् २०२१ जनवारीदेखि तीन वर्ष कार्यकालका निम्ति मनोनित हुनुभएको हो ।

    सुनुवारले सन् २०१५ देखि संयुक्त राष्ट्रसंघ अन्तर्गत इन्डिजिनियस मिडियाको नेतृत्व गर्दै आएका छन् । साथै राष्ट्रसंघको रेडियो, टेलिभिजनमा आदिवासीहरूको आवाज समेट्न र आदिवासीहरूले सञ्चालन गरेको सञ्चारमाध्यमलाई सहयोग पु¥याउने भूमिका निर्वाह गर्दै आएका छन् ।


    शुक्रवार, पौष १० २०७७०७:४८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij