काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लसहित चारजनालाई घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले घुससहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले दैलेखको भगवतीमाई गाउँपालिका ३ मा सञ्चालित सानटडा खोला तटबन्ध निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानीमा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसँग धुस मागेका थिए ।
कार्यालयका निमित्त प्रमुख मल्ल र सव–इन्जिनियर विरेन्द्र चन्दले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा टोलीले मल्ललाई कार्यालय परिसरबाट र चन्दलाई कार्यस्थलबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताउनुभयो ।
उनीहरको साथबाट २ लाख ४१ हजार १६ रुपैयाँ नगद बरामद गरिएको आयोगले जनाएको छ। मल्ल, चन्द, अर्का सव इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेलाई नियन्त्रणमा लिइ थप अनुसन्धान थालिएको जनाएको छ ।