Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने सरकारको निर्णय

सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने सरकारको निर्णय

५० प्रतिशत बढी भाडा लिन पाउने
  • बिहिवार, आषाढ २५ २०७७

  • 994
    SHARES

  • सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निणर्य गरेको छ । बिहीबार (आज) प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताउनुभयो ।

    काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् । मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताउनुभयो ।

    ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्नुपर्नेछ । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् । सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् ।

    ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ । चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ ।

    ५० प्रतिशत बढी भाडा लिन पाउने

    सार्वजनिक सवारीमा लाग्ने भाडा बद्धी भएको छ । यसरी बसमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने भएको छ । अब सार्वजननिक सवारीमा चढ्दा हालको भाडाको आधा थप पैसा तिनुपर्नेछ ।


    बिहिवार, आषाढ २५ २०७७०५:५१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij