काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन)को निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरु आ–आफ्नो पक्षमा मत पार्न व्यस्त बनेका छन् ।
यही पुस ४ गते हुने छैठौ कार्यसमितिको निर्वाचनमा ई.उमेश प्रसाद थानीले नेतृत्व गर्नुभएको प्यानलबाट कोषाध्यक्ष पदमा कौशल केसीले उम्मेदवारी दिएको जानकारी दिनुुभएको छ ।
उहाँले आगामी दिनमा सिडेनमार्फत सम्पूर्ण विधाका इञ्जिनियरहरूको प्राविधिक क्षमता अभिवृद्धिमा जोड दिने लक्ष्य भएकाले आफ्नो प्यानललाई जिताउन आग्रह गर्नुभएको छ ।
निर्वाचनमा अध्यक्ष पदमा उमेश थानी र धुु्रव थापाबीच प्रतिस्पर्धा हुँदै छ । १८ जनाको कार्य समितिका लागि हुन लागेको सिडेन निर्वाचनमा सबै पदमा दुवै प्यानलको उम्मेदवारी परेको छ ।
निर्वाचनमा थानीलाई युवा टोलीको साथ छ भने थापालाई सिडेनका पुराना नेताको साथ छ । सिडेनमा रहेका ३ हजार ६२३ मतदातामध्ये ३ हजारभन्दा बढी मतदाता युवा रहेकाले थानी युवाको मत तान्न ब्यस्त छन । थानी युवा टोलीको प्यानल बनाएर चुनावमा होमिएका छन् ।